२०८२ साउन १४, बुधवार , १०:४२:४९ बजे

Sajhamanch
'

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

बुधवार, साउन १४, २०८२

झापा । उदयपुर र संखुवासभमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । हिजो साँझ ५।३० बजे उदयपुरको त्रियुगा नगरपालिका वडा नं.८ बागचौरीमा नेपाल विद्युत् प्राधिकरण गाईघाटका प्राविधिक वडा नं. १० बस्ने ४५ वर्षीय रामकृष्ण राजधामी बिद्युतको पोलमा चढेर बिद्युत् लाइन बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइते राजधामीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइ उपचारको क्रममा साँझ ६ः१० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै हिजो साँझ ५ बजे पाँचथर घर भई हाल सङ्खुवासभा चैनपुर ११ सातटारेमा गजेन्द्र कटुवालको घरमा ३/४ महिना अगाडीदेखि काम गर्दै आएका ४० वर्षीय राजन निरौला बारीमा रहेको कटहरको रुखमा चढी बाँसको भाटाले कटहर झार्ने क्रममा बिजुलीको तारमा छुन गई घाइते भएका छन् । घाइतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार ल्याइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर