२०८२ साउन १३, मङ्गलवार , ११:४०:३५ बजे

Sajhamanch
'

दैनिक ज्यालादारीमा कार्यरत विद्युत् प्राधिकरणका कर्मचारीको आन्दोलन

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । दैनिक ज्यालादारीमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले आज आन्दोलन गरेका छन् । मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी सङ्घर्ष समितिको अगुवाइमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले २०८० साल साउन ३१ गतेको बैठकमा दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि निर्णय अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।

सङ्घर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेशप्रसाद खतिवडाले निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गरेर आफूहरूलाई घर फर्काउनुपर्ने बताउनुभयो ।

दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले आफूहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नसमेत माग गरेका छन् ।

मङ्गलवार, साउन १३, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर