
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रूतमार्गको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हिजो सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोजनाको अहिलेको प्रवेश विन्दुु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि अहिलेसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ । खोकना क्षेत्रमा नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ ।
छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासिन्दाको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।