
दुबई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था प्रवासी भुजेल समाज सेवा समिति युएईले आपसी भेटघाट तथा सांगठानिक सुदृढीकरण गर्ने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका संरक्षक एवं संस्थापक अध्यक्ष सूर्यबहादुर खवासको प्रमुख आतिथ्यमा दुबईस्थित एक रेष्टुरेन्टको हलमा सम्पन्न अन्तरक्रियामा भुजेल जातिको ऐतिहासिक पृष्ठभुमि, भुजेल जातिबारे समाजमा व्याप्त भ्रम र भुजेल जातिको यथार्थका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुले भुजेल जातिको विषयमा विभिन्न जिज्ञासा तथा प्रशनहरु राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण समाजका संस्थापक अध्यक्ष एवं संरक्षक सूर्यबहादुर खवासले गर्नु भएको थियो ।
यसैगरी संस्थापक उपाध्यक्ष एवं संरक्षक यम घर्तीले भुजेल जातिको वर्तमान अवस्थाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
सल्लाहकार दिलिप जिटीले प्रवासमा भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुलाई छाता संस्था भुजेल समाज सेवा समिति युएईमा गोलबन्द गर्दा भोगेका अफ्ट्याराहरु र संस्थाले गरेका प्रयास बारे धारणा राख्नु भयो ।
संस्थाका कोषाध्यक्ष संजय भुजेलले संस्थालाई आर्थिक रुपमा मजबुत बनाउन समाजले विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका सचिव तथा सांस्कृतिक विभागका संयोजक विनोद भुजेलले आफ्नो मौलिक संस्कृति संरक्षणमा जोड दिँदै आगामी दिनहरुमा जातीय पहिचान झल्काउने कार्यक्रमहरु गर्दै जाने बताउनु भयो ।
सोही कार्यक्रमबाट प्रवासी भुजेल समाज सेवा समिति युएईको लोगो अंकित टी–सर्ट सार्वजनिक गरिएको थियो । यसैगरी प्रवासमा कमाएको आयबाट बचत गर्ने बानीको विकास गर्दै स–सानो रकम नियमित रूपमा बचत गरी सामुहिक आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले बचत कार्यक्रमको समेत शुरूवात गरिएको छ ।
प्रवासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष तुलबहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले आगामी दिनमा सदस्यहरुको व्यक्तित्व एवं नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने बताउनु भयो ।
समाजका उपाध्यक्ष देब भुजेलले शाब्दिक स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव हरि भुजेलले गर्नुभएको थियो ।