२०८२ साउन ११, आइतवार , ०४:४६:५९ बजे

Sajhamanch
'

संसदीय समितिले त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने

आइतवार, साउन ११, २०८२

काठमाडौं । संसदीय समितिले काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानको अवलोकन, अनुगमन गर्ने भएको छ ।

प्रतिनिधिसभा अन्तगर्तको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकले यसबारे जानकारी गराएको हो । समितिले भोलि दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताउनुभयो ।

अहिले मैदान स्तरोन्नति, प्यारापिट निर्माण, फ्लडलाइट जडानको भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीले हर्जना तिरेर काम गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गएको फागुन १९ र २२ गते शहरी विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।

सम्बन्धित खबर