२०८२ साउन ११, आइतवार , ०४:४६:५८ बजे

Sajhamanch
'

लगातार ८ कारोबार दिन बढेको नेप्से आज घट्यो, साढे २६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच

आइतवार, साउन ११, २०८२

काठमाडौं । लगातार आठ कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ दशमलव २० विन्दुमा झरेको छ । दिउँसो १२ बजेर ५१ मिनेटमा नेप्से ३ हजार १३ विन्दुसम्म पुगेको थियो ।

आज विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै २ प्रतिशतले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त र ट्रेड टावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । गएको बिहीवार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका ५ करोड ८६ लाख कित्ता शेयर २६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै १३ महिनायताकै उच्च हो । गएको भदौ २ गते २८ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सम्बन्धित खबर