२०८२ साउन ११, आइतवार , ०३:२१:१० बजे

Sajhamanch
'

मधेशमा ‘डीप बोरिङ’ जडान शुरू

आइतवार, साउन ११, २०८२

धनुषा । मधेश प्रदेश सरकारले ‘डीप बोरिङ’ जडान गर्ने योजना शुरू गरेको छ । वर्षा नभएर सिँचाइ र खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा हरेक वडामा एउटाका दरले डीप बोरिङ जडान गर्ने योजना शुरू गरेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ मा रहेको परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान शुरू भएको मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइभन्दा खानेपानीलाई प्राथमिकता दिएर ‘डीप बोरिङ’ जडान कार्य शुरू गरिएको छ ।

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । प्रदेश सरकारले खानेपानी अभाव भएका क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।

सम्बन्धित खबर