
काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सूचना निकालेर विभिन्न निकायको सिफारिशका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले ६ वटा कम्पनी र आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।
वीरगञ्जको जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी, जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुको आकाश कन्स्ट्रक्सन र पाल्पाको विपीन कन्स्ट्रक्सनलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागिता लिन नसक्ने कार्यालयले जनाएको छ ।