२०८२ साउन ९, शुक्रवार , ११:४७:२५ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीले मधेशका किसानको कुरा सुन्ने

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश जाँदै हुनुहुन्छ । विभिन्न कार्यक्रम उद्घाटनसँगै सुक्खाग्रस्त मधेशको अवस्थाबारे बुझ्न आफू जान लागेको उहाँले फेसबुकमार्फत बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी पुुलको उद्घाटन, वडा नम्बर ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजाको रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ । यसैगरी उहाँले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मधेशको वस्तुस्थिति हेर्न र किसानका कुरा सुन्न त्यहाँ जान लागेको प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गर्नुभएको छ । मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसान समस्यामा छन् ।

अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित खबर