२०८२ साउन ९, शुक्रवार , ०८:३५:२१ बजे

Sajhamanch
'

बाह्रदशीका गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा र पोष्टिक आहार वितरण

बिहिवार, साउन ८, २०८२

बाह्रदशी । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजनामा झापाको बाह्रदशीमा सचेतनामूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकसहितको शिविर सम्पन्न भएको हो ।

नेकपा एमाले बाह्रदशी गाउँकमिटीका अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । रोट्रायक क्लव अफ बिर्तामोडको सह आयोजना तथा बाह्रदशी गाउँपालिका ४ को व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

बाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष पुष्पान्जलि सिन्हा ठाकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, स्त्री तथा प्रसुति रोगका विशेषज्ञ डाक्टर प्रियन्का कटुवाल, होम कार्की, अनिल सापकोटा, बाह्रदशी स्वास्थ्य शाखा प्रमुख राम शाह लगायतको आतिथ्य रहेको थियो ।

क्लवका सचिव रोशन बुढाथोकीले सहजीकरण गरेको कार्यक्रमलाई अनिल सापकोटाले शाब्दिक स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि आलमसहित स्वास्थ्य शाखा प्रमुख साहाले आफ्नो मन्तब्यमा रोटरी क्लवले गरेको कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष सिन्हाले गर्भ अवस्थाको सुरक्षा र हेरचाह बारे गर्भवती महिलाहरुलाई सचेतना गराउनु भयो ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियन्का कटुवालले गर्व अवस्थामा आइपर्न सक्ने समस्या र त्यस्ता समस्याको निराकरण सम्बन्धी प्रशिक्षण् प्रदान गर्नुभयो । शिविरमा २५ जनाभन्दा बढी गर्भवती महिलाहरुलाई छुट्टाछुट्टै ओपिडी सेवासमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा ४ नम्बर वडाका ५० जना गर्भवती महिलाहरु सहभागी भएका थिए । उनीहरुलाई निःशुल्क पौष्टिक आहारसमेत वितरण गरिएको थियो ।

यसैबीच डा. प्रियङ्का कटुवालले एकजना गर्भवती महिलाको शल्यक्रिया गर्नु पर्ने भएकाले उहाँको उपचार निःशुल्क गरिदिने घोषणा गर्नुभएको छ ।

सम्बन्धित खबर