२०८२ साउन ९, शुक्रवार , ०१:३१:०६ बजे

Sajhamanch
'

वर्षा र बाढीले बन्द भएका तीन ठाउँका सडक अझै खुल्न सकेनन्

बिहिवार, साउन ८, २०८२

काठमाडौं । बाढी र पहिरोले बन्द भएका तीन ठाउँका सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा अस्ति मङ्गलवारदेखि सडक अवरुद्ध भएको छ ।

यस्तै मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा बाढीका कारण चार दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध छ । त्यसैगरी जाजरकोट–डोल्पा–भेरी करिडोर सडक खण्ड एक महिनादेखि अवरुद्ध छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण गएको एक महिनादेखि बन्द सडक अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर