
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहको आयोजनामा दुई दिवसीय नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ ।
वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षणको संविधान सभाका सदस्य सुधीरकुमार शिवाकोटीले बुधबार उद्घाटन गरिदिनु भएको हो ।
महिला उद्यामी समूहका अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको प्रशिक्षणमा ४० जनाभन्दा धेरै महिला उद्यमी व्यवसायीको सहभागिता छ ।
कार्यक्रममा महिला उद्यमी समूहका निर्वतमान अध्यक्ष तीलोत्तमा खत्रीले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपाने, स्मार्ट लेडीकी अध्यक्ष यशोद उप्रेती, चित्रकला ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण लीला अनमोल र चित्रकला ओलीले गरिरहेको जनाइएको छ ।
कार्यक्रमको सञ्चालन महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले गर्नुभएको थियो ।
यसैबीच महिला उद्यमी समूहमा गीता राजवंशी, प्रभा भण्डारी, तारा बस्नेत थापा, सन्तोषी सिंह ठकरी लगायतलाई स्वागत गरिएको थियो ।