२०८२ साउन ९, शुक्रवार , ११:३१:०१ बजे

Sajhamanch
'

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

बिहिवार, साउन ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गर्नु भएको छ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ ।

उहाँले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गर्नु भएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ ।

निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ ।

यस्तो छ स्टाटसः

सम्बन्धित खबर