२०८२ साउन ९, शुक्रवार , १०:३१:४० बजे

Sajhamanch
'

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न डाक्टरहरुको माग

बिहिवार, साउन ८, २०८२

काठमाडौं । नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

प्रधानमन्त्रीको निर्देशनमा गएको असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐन लगायत अहिलेको कानूनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वयन गर्न सङ्घले माग गरेको हो ।

सरकार र सङ्घबीच विद्यमान कानूनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

सङ्घले निकालेको विज्ञप्तिमा सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार नहुने समेत भनिएको छ ।

सम्बन्धित खबर