२०८२ साउन ७, बुधवार , ०४:२०:११ बजे

Sajhamanch
'

नेप्से लगातार सातौं कारोबार दिन बढ्यो, साढे १९ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच

बुधवार, साउन ७, २०८२

काठमाडौं । शेयर बजार लगातार सातौं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९७८ दशमलव ८८ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २० अर्ब ८ करोडको कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसैबीच बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति अहिलेसम्मकै उच्च ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबर