
काठमाडौं । सुर्खेतमा ‘हनी ट्र्याप’ मा पारी एक युवकसँग १४ लाख रुपैयाँभन्दा धेरै असुलेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ८ घर भई वीरेन्द्रनगर नगरपालिका बस्ने २१ वर्षकी शिन्दु चन्दले एक युवकलाई आफैँले होटलमा बोलाएर यौन सम्बन्ध राखेको र त्यस बेला थाहा नदिई फोटो खिचेर पछि ‘ब्ल्याकमेलिङ’ गरेको प्रहरीको भनाइ छ ।
तस्वीर आफन्तलाई पठाइदिन्छु, सामाजिक सञ्जालमा पोस्ट गर्छु, बलात्कार मुद्दामा फसाइईदिन्छु जस्ता धम्की दिएर युवकसँग पटक पटक गरी १४ लाख २५ हजार रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ ।
रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका युवकलाई त्यसअघि सामान्य चिनजान भएकी युवतीले २०८१ सालको भदौमा होटलमा बोलाएर यौन सम्बन्ध राखेको र त्यसपछि धम्की दिएर लगातार रकम असुलेपछि युवकले प्रहरीमा उजुरी दिएका हुन् । अहिले घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।