२०८२ साउन ७, बुधवार , ०४:१७:०३ बजे

Sajhamanch
'

झापामा एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

बुधवार, साउन ७, २०८२

झापा । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ ५८१ र वाणिज्यतर्फ ४९८ फर्म दर्ता भएका हुन् ।

सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार ६०९ र वाणिज्यतर्फ एक हजार ६६५ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ ३२४ र वाणिज्यतर्फ २३७ गरी ५६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् ।

कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताउनुभयो । उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ ।

कार्यालयले आव २०८१/८२ मा विभिन्न शीर्षकमा रु. दुई करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर