
ताप्लेजुङ । ताप्लेजुङमा बाढीले बेलिब्रिज बगाएको छ । फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने बेलिब्रिज बाढीले बगाएको हो ।
गएरातिको वर्षाले हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले बेलिब्रिज बगाएको स्थानीयवासी तेन्जिङ वालुङले जानकारी दिनुभयो ।
बेलिब्रिज बगेसँगै त्यस क्षेत्रमा आवतजावतमा समस्या भएको छ । बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा ठूलो पानी परेका कारण बाढी पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अरुण नदीको तटीय क्षेत्र तथा अरू खोलामा जोखिम भएकाले सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले जानकारी दिनुभयो ।