२०८२ साउन ७, बुधवार , ०७:०८:५९ बजे

Sajhamanch
'

अरनिको राजमार्ग र कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड अवरुद्ध

बुधवार, साउन ७, २०८२

काठमाडौं । पहिरोले अरनिको राजमार्ग र कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

बिहान ५ बजेतिर खसेको पहिरोले अरनिको राजमार्गअन्तर्गत कोदारीको इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पनि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बाग्लुङ खण्डको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित खबर