२०८२ साउन ७, बुधवार , ०३:०६:५३ बजे

Sajhamanch
'

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

बुधवार, साउन ७, २०८२

सुर्खेत । भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा. १ क. १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नामरठेगाना खुल्न सकेको छैन ।

भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।

सम्बन्धित खबर