२०८२ साउन ७, बुधवार , ०६:४२:१५ बजे

Sajhamanch
'

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

बुधवार, साउन ७, २०८२

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएको छ।

पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृङखला आयोजना गर्ने साझेदारी भएको क्यानले जनाएको छ ।

सम्झौता अनुसार हरेक वर्ष नेपाल र कुवेतमा कम्तीमा तीन वटा टी–२० अन्तर्राष्ट्रिय तथा केही ५० ओभरका खेल खेलिने छ ।

यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रका एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढवा दिन महत्त्वपूर्ण कदम हुने आशा गरिएको छ ।

नेपाल र कुवेतले यो वर्षको अन्त्यमा आईसीसी टी–२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिने तयारी गरिरहेका छन । छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् ।

सम्बन्धित खबर