२०८२ साउन ७, बुधवार , ०७:१०:५३ बजे

Sajhamanch
'

सङ्खुवासभा र ताप्लेजुङमा ठूलो वर्षा : पानी परेका अरु क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह

बुधवार, साउन ७, २०८२

काठमाडौं । देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । सङ्खुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि ठूलो वर्षा भएको छ ।

त्यस्तै मकवानपुरको लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी, पेकारनस र आसपासका वर्षामापन केन्द्रहरुमा मध्यम बर्षा मापन भएको छ । यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै धनकुटाको मछुवाघाट,त्रिवेणी र आसपासका केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मकवानपुरको भोर्लेनी, उदयपुरको कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको अइसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षामापन भएको छ ।

बैतडीको दैनसिली वर्षामापन केन्द्रमा मध्यम बर्षा मापन भएको छ । हिजो बेलुका बाग्लुङको बागलुङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर