२०८२ साउन ७, बुधवार , ०८:४७:०६ बजे

Sajhamanch
'

हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थानका लागि खेल्ने

बुधवार, साउन ७, २०८२

काठमाडौं । हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थानका लागि खेल्ने भएको छ । हिजो भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–० को सेटमा पराजित गरेको हो ।

योसँगै कीर्गिस्तानको बिश्केक र हेल्प नेपालको समान ११ अङ्क भए पनि समग्र सेटमा २ सेट बढी जितेका आधारमा हेल्प नेपाल तेस्रो स्थानमा रह्यो ।

अब हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग नै खेल्ने छ । यता, शीर्ष दुई स्थानका काजकस्तानको झाइयक र किर्गिस्तानको बिश्केकले फाइनल खेल्ने भएका छन् ।

हिजो नै भएको खेलमा झाइयकले बिश्केकलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।

सम्बन्धित खबर