२०८२ साउन ७, बुधवार , ०८:३९:२५ बजे

Sajhamanch
'

तमोर नदीले सतर्कता तह पार गर्‍यो, सावधानी अपनाउन आग्रह

बुधवार, साउन ७, २०८२

काठमाडौं । पाँचथर भएर बग्ने तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ । नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै आज बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका थोरै ठाउँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गएराति सङ्खुवासभा र ताप्लेजुङमा ठूलो पानी परेको थियो । सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सोलुखुम्बु, धनकुटा, उदयपुर, खोटाङ, सप्तरी, बैतडी, बाग्लुङलगायतका जिल्लामा मध्यम वर्षा भएको छ ।

आज राति पनि सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।