२०८२ साउन ६, मङ्गलवार , ०३:४३:५३ बजे

Sajhamanch
'

भक्तपुरको मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटियो

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटिएको पुष्टि भएको छ । साइबेरियन स्यान्ड प्लोभर नामक चरा अभिलेख गरिएको हो ।

यो चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गएको असार ६ गते फेला पार्नुभएको थियो । प्रारम्भिक पहिचानपछि यकिन पुष्टिका लागि नेपाल पक्षीविद् सङ्घमा असार ९ गते तस्वीरसहित विवरण पठाइएको थियो । प्राप्त विवरणको अध्ययन, राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्सँगको रायसुझावपछि नयाँ चरा पुष्टि गरिएको सङ्घले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ । यो चरा साइबेरिया, मङ्गोलिया, फिनल्यान्ड, ताइवान, तिब्बत, भारत, जापान, कोरिया, मलेशिया, पपुआ न्यु गिनी, अफगानिस्तान, ताइवान, तिब्बत, भूटान र अन्य क्षेत्रमा पाइन्छ ।

आईयूसीएन रेड लिस्ट अनुसार यो चरा सङ्कटापन्न सूचीमा पर्छ । योसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या नौ सय दुई वटा पुगेको नेपाल पक्षीविद् सङ्घले जनाएको छ ।

सम्बन्धित खबर