२०८२ साउन ६, मङ्गलवार , ०२:२३:२४ बजे

Sajhamanch
'

उत्पादन घटेसँगै अण्डाको मूल्य बढ्यो

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । अण्डाको भाउ अहिलेसम्मकै उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ ।

आजदेखि लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट ३० वटाको ५२५ रुपैयाँ कायम गरिएको छ । मध्यमको ४९५ रुपैयाँ कायम छ ।

चितवनलाई आधार मानी दररेट तय गरिएको हो । देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को तीन हजार ८५५ रुपैयाँ र मध्यमको तीन हजार ६४५ रुपैयाँ कायम गरिएको छ ।

अध्यक्ष पोखरेलका अनुसार यसअघि गएको वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१० रुपैयाँ पुगेको थियो ।

अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको हो ।

सम्बन्धित खबर