२०८२ साउन ६, मङ्गलवार , ०१:१९:१९ बजे

Sajhamanch
'

५० जिल्लामा बाढीको मध्यम जोखिम

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । आज ५० जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मीमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालीकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेलधुरामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसपासका जिल्ला भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आज देशका सबैजसो प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने तथा कोशी, बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर