
काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएको छ ।
घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए ।
मृतकको पहिचान खुलेको छैन । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।
तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए । प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको दाबी गरेको छ ।