
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ७६ अङ्कले बढेर २ हजार ८९२ दशमलव ७२ विन्दुमा पुगेको छ । शेयर बजार लगातार पाँचौं कारोबार दिन बढेको हो ।
आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ९३, अन्य समूहको शेयर १ दशमलव ८४ प्रतिशतले उकालो लागेको छ ।
आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य घटेको छ । हिजो ११ महिनायताकै उच्च २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका ३ करोड ५६ लाख कित्ता शेयर १६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।