
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटा रहेका छन् ।
सुदिपले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शनिबार उनलाई पक्राउ गरेको हो ।
काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।