२०८२ साउन ५, सोमवार , १२:२९:०३ बजे

Sajhamanch
'

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

सोमवार, साउन ५, २०८२

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।

केन्द्रीय कमिटीको बैठक असार २१ र २२ गते बस्ने गरी समय निर्धारण गरिएको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

सम्बन्धित खबर