२०८२ साउन ४, आइतवार , १०:५३:१२ बजे

Sajhamanch
'

मधेशमा पनि पानी पर्‍यो : धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

आइतवार, साउन ४, २०८२

काठमाडौं । लामो समयदेखि पानी पर्न नसकेको मधेश प्रदेशमा पानी परेको छ । उल्लेखनीय वर्षा हुन नसके पनि केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टा अर्थात् हिजो बिहान ९ बजेदेखि आज बिहान ९ बजेसम्ममा धनुषाको तुलसी वर्षामापन केन्द्रमा ७५ दशमलव ३ मिलिमिटर वर्षा मापन भएको छ । हिजो बेलुका, गएराति र आज बिहान मधेश प्रदेशका कतिपय ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसमविद् सञ्जिब अधिकारीका अनुसार मधेशको धनुषासहित सप्तरी, सर्लाही, रौतहट, बारा, पर्साका सीमित ठाउँमा पानी परेको हो । सुक्खाग्रस्त क्षेत्र मधेशमा परेको यो पानीले केही राहत भएको छ । तर मनसुनको बेला पनि मधेशमा पर्याप्त वर्षा हुन सकेको छैन ।

सम्बन्धित खबर