
गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार पाँच सय १२ विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरे । मनास्लु पुग्ने विदेशी पर्यटकको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
अघिल्लो वर्षको तुलनामा झन्डै दुई हजार सात सयले धेरै रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
गएको वर्ष साउनदेखि असार मसान्तसम्मको अवधिमा १२ हजार २४८ विदेशी र ११ नेपाली पर्यटकले शुल्क तिरेर भ्रमण गरेका थिए । पदमार्ग सुधार, प्रचारप्रसार र सुविधासम्पन्न होटलको निर्माणलगायतका कारणले पर्यटक बढेका शेरचनले बताउनुभयो ।