२०८२ साउन ४, आइतवार , १०:२७:४२ बजे

Sajhamanch
'

बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

आइतवार, साउन ४, २०८२

फिदिम । पाँचथरको हेवा खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग अवरूद्ध भएको छ।

वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएरपछि डाइभर्सनमा क्षति पुगेको हो। राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ।

बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्डसमेत अवरुद्ध भएको छ । भने, रवि–दमक सडक खण्ड पनि अवरोध भएको छ। जिल्लाका अन्य ठाउँमा पनि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले जानकारी दिनुभयो।