२०८२ साउन २, शुक्रवार , ११:१६:०९ बजे

Sajhamanch
'

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छ : मन्त्री दाहाल

शुक्रवार, साउन २, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनु भएको छ। पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गर्नुभयो । ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनु भयो ।

एडभान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि बताउनु भयो । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिन सक्ने अवस्था समेत नरहेको बताउनु भयो ।

मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर