२०८२ साउन २, शुक्रवार , १०:१२:०१ बजे

Sajhamanch
'

भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा

शुक्रवार, साउन २, २०८२

काठमाडौं । भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा उक्लिएको छ ।

हिजो सम्पन्न खेलमा बङ्गलादेश ३–० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा फेरि फर्किएको बङ्गलादेशले १२ अङ्क पुर्‍याएको छ । समान खेलबाट ९अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ ।

यस्तै बङ्गलादेश राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बरमा नेपालमा दुईवटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

बङ्गलादेश फुटबल महासङ्घ (बीएफएफ) को हिजो बसेको यो निर्णय गरेको हो । बैठकले नेपालसँगको खेललाई प्राथमिकता दिँदै दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि गएको असार २३ मा नै सामाजिक सञ्जालमार्फत बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो । त्यसको १० दिनपछि मात्रै बीएफएफ निष्कर्षमा पुगेको हो ।