२०८२ साउन १, बिहिवार , ०३:१८:०३ बजे

Sajhamanch
'

अन्नको भण्डार मधेशमा असार सकिँदा धान रोपाइँ ३६ प्रतिशतमात्रै

बिहिवार, साउन १, २०८२

काठमाडौं । मधेश प्रदेशमा असार सकिँदासम्म धान रोपाइँ ३६ प्रतिशतमात्रै सकिएको छ । अघिल्लो वर्ष असार सकिँदा ६१ प्रतिशत रोपाइँ भएको मधेशमा यो वर्ष जम्मा ३६ प्रतिशतमात्रै भएको हो ।

अझ विगतका वर्षहरूमा त यस बेलासम्म ७५ प्रतिशत रोपाइँ भइसक्थ्यो । सिँचाइको सुविधा भएको खेतमा रोपाइँ भए पनि आकाशेपानीमा भर पर्नुपर्ने खेतमा रोपाइँ भएको छैन ।

गएको सोमवार रातिदेखि सक्रिय भएको प्रणालीले पूर्वी तराईमा पर्याप्त वर्षा हुने आशा गरिएको भए पनि मधेश प्रदेशमा सामान्य वर्षामात्रै भयो । बारा, पर्सामा छिटपुटबाहेक वर्षा भएन ।

अब केही दिन मधेशमा वर्षा हुने सम्भावना कम रहेको मौसमविद् उज्जवल उपाध्याय बताउनुहुन्छ । मौसमविद धर्मराज उप्रेती पनि आइतवारसम्म ठूलो पानी पार्ने प्रणाली खासै नरहेको बताउनुहुन्छ ।

मधेश प्रदेशमा पानी नपर्दा रोपाइँसँगै खानेपानीको पनि समस्या भएको छ । इनार र चापाकल सुक्दा खानेपानीको हाहाकार भएको हो । मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

मधेश नेपालकै अन्न भण्डार हो । तर अहिलेको अवस्थाले उत्पादन निकै घट्ने सङ्केत गरिरहेको छ । यसले खाद्य सङ्कट निम्त्याउने खतरासमेत बढाएको छ ।

सम्बन्धित खबर