२०८२ साउन १, बिहिवार , १२:४२:३२ बजे

Sajhamanch
'

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

बिहिवार, साउन १, २०८२

झापा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ। झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो।

घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो। केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो। उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनु भयो।

सम्बन्धित खबर