२०८२ असार ३२, बुधवार , ०४:५२:१२ बजे

Sajhamanch
'

‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला, अवलोकन गर्न पैसा तिर्नुपर्ने

बुधवार, असार ३२, २०८२

झापा । झापाको दमकमा निर्मित १८ तले ‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका-३ दापगाछीस्थित दमक भ्यूटावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ । सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको छ ।

भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु.२५ , बसका लागि ५० र मोटरसाइकलको लागि रु.१० तोकिएको छ ।

सम्बन्धित खबर