
काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै तनहुँ, कास्की,स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली, कञ्चनपुरमा पनि बाढीको मध्यम जोखिम रहेको छ ।
बाढीको जोखिम भएका तथा आसपासका जिल्लाहरू भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
त्यस्तै आज दिउँसो कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।