२०८२ असार ३२, बुधवार , ०१:३२:२१ बजे

Sajhamanch
'

मधेशका विभिन्न ठाउँमा वारुणयन्त्रबाट खानेपानी वितरण गरिँदै

बुधवार, असार ३२, २०८२

काठमाडौं । मधेशका विभिन्न ठाउँमा खानेपानीको सङ्कट समाधान गर्न वारुणयन्त्रको प्रयोग गरिने भएको छ । मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र वीरगञ्ज पठाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका लागि आफूहरु लागिपरेको बताउनुभएको छ । खानेपानीको समस्या भएका ठाउँमा वारुणयन्त्र चौबिसै घण्टा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्नेछ । साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको छ ।

यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो । मनसुनमा समेत पानी नपरेपछि प्रदेश सरकारले हालै मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित खबर