२०८२ असार ३२, बुधवार , ०१:२९:०४ बजे

Sajhamanch
'

झापा इनर्जीलाई आईपीओ निष्कासनको अनुमति पायो

बुधवार, असार ३२, २०८२

झापा । झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।

स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ । यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

१० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालक झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ को माघ १० गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको छ ।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार, आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गतको बुलुचोक सब–स्टेसनमा  पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

माघ १० देखि असार ३१ गतेसम्मको अवधिमा कम्पनीले कुल ७२ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ ।

सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट पाँच करोड २८ लाख ८४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित खबर