२०८२ असार ३२, बुधवार , ०१:३२:५६ बजे

Sajhamanch
'

राष्ट्रिय खेलकुद परिषद्लाई चीनले दियो ८५ लाख रुपैयाँ बराबरको सहयोग सामग्री

बुधवार, असार ३२, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

नेपालमा रहेको चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेको राखेपले जनाएको छ । झन्डै ८५ लाख रुपैयाँ बराबरका विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

डेपुटी चिफ दी मिसन वाङका अनुसार यो सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरू चीन सरकारद्वारा विगतमा पनि सहयोग भएको र आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

सम्बन्धित खबर