२०८२ असार ३२, बुधवार , ११:१२:०४ बजे

Sajhamanch
'

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

बुधवार, असार ३२, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ ।

पहिलो चरणमा स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको छ । विद्यादेवी भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ ।

मदन भण्डारी फाउण्डेशनले हिजो काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेबाट पुनः सक्रिय भएर काम गर्ने अठोट लिएको बताउनुभयो ।

आफू पार्टीभित्रको कुन संरचनामा के भुमिका हुने भन्नेकुरा पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार भर पर्ने उहाँको भनाइ छ ।

आउँदो भदौको तेस्रो हप्ता हुने विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने पूर्वंराष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँले गएको असार १४ गते पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको थियो ।

सम्बन्धित खबर