२०८२ असार ३२, बुधवार , १०:५७:११ बजे

Sajhamanch
'

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

बुधवार, असार ३२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

आयोगको टोलीले कार्यालय प्रमुखकुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल एक थानसहित घुस रकम २४ लाख ५० हजार रुपैयाँसमेत कार्यालयको परिसरबाट हिजो बरामद गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सम्बन्धित खबर