२०८२ असार ३२, बुधवार , ११:१३:४५ बजे

Sajhamanch
'

चितवनको सिमलतालबाट त्रिशूली नदी किनारमा ट्रक खस्यो

बुधवार, असार ३२, २०८२

काठमाडौं । चितवनको भरतपुर सिमलतालबाट भारतीय नम्बर प्लेटको ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मेवा बोकेर काठमाडौंका लागि छुटेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लो वर्ष असार २८ गते चितवनको सिमलतालबाट दुई वटा बस पहिरोसँगै त्रिशूलीमा खसेका थिए । ती दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये ३९ जना यात्रु अझै भेटिएका छैनन् ।