
काठमाडौं । आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन भगवती हाइड्रोपावरको शेयर भने ४ प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
हिजो आठ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा आज ३१७ वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर नौ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।