२०८२ असार ३१, मङ्गलवार , ०५:१४:३७ बजे

Sajhamanch
'

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित मिडिया सञ्चालक पक्राउ

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।

कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ ।

कार्यालयबाट प्रहरी रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ । सोधपुछका लागि कार्यालयका अर्का एक कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिए पनि संलग्नता नदेखिएकाले छाड्ने तयारी रहेको बताइएको छ । थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर