
विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा पानी लगाउन गएका बेला अमिनालाई हात्तीले आक्रमण गरेको थियो ।
पैनीबाट पानी ल्याउने हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् ।