२०८२ असार २९, आइतवार , १०:२१:३९ बजे

Sajhamanch
'

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो ।

क्यानका अनुसार एनपीएलका आठ वटा टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

खेलाडीले आउँदो साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।

क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपीएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ ।

सम्बन्धित खबर